सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन
काठमाडाैं, ९ कार्तिक । सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन्। कात्तिक २ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
त्यसअघि साधारण सभा मार्फत बैंकका चार वर्षका लागि सञ्चालकमा तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए।
साधारण सभाले बैंकको चालु आर्थिक वर्षको लेखा परीक्षणका लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको पनि जनाएको छ।
यस चयनसँगै बैंकको नेतृत्व थप सुदृढ हुने र आगामी वर्षका वित्तीय योजनाहरू कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ।



