Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’ योजना

काठमाडाैं, ९ कार्तिक । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकलाई आर्थिक लक्ष्यअनुसार बचत गर्न सहयोग गर्ने ‘गोल बेस्ड सेभिङ’ योजना सुरु गरेको छ। मोबाइल बैंकिङ प्रयोगकर्ताले यस योजनाबाट सजिलै आफ्नो भविष्यका आवश्यकताका लागि बचत योजना बनाउन र व्यवस्थापन गर्न सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले NPR 50,000 देखि NPR 500,000 सम्मको लक्ष्य राख्न सक्नेछन्। बचत अवधि ६ महिनादेखि २ वर्षसम्म रोज्न सकिन्छ। ग्राहकले लक्ष्य रकम र समय अवधि निर्धारण गरेपछि प्रणालीले मासिक बचत, लागू ब्याजदर र लक्ष्य पूरा गर्ने समयसीमा स्वतः गणना गर्छ। आवश्यक परे ग्राहकले शाखा भ्रमण नगरी मोबाइल बैंकिङबाटै लक्ष्य तोड्न पनि सक्नेछन्।

ग्राहकले बचत रकम प्राथमिक बचत खाताबाट स्वतः कटौती गर्न वा रोजेको मितिमा म्यानुअली जम्मा गर्न सक्ने सुविधा उपलब्ध छ।

यस योजनामा राउन्ड-अप बचत सुविधा पनि छ। ग्राहकले मेरचेण्ट QR भुक्तानीबाट गोल बचत खातामा प्रत्येक भुक्तानीको राउन्ड-अप रकम बचत गर्न सक्नेछन्। यसका लागि तीन विकल्प छन्:

  • Nearest Two: नजिकको निश्चित अंकमा राउन्ड-अप।
  • Flat Amount: प्रत्येक लेनदेनबाट निश्चित रकम बचत।
  • Percentage: प्रत्येक भुक्तानीको निश्चित प्रतिशत बचत।

बचत अवधि ६ महिनादेखि २ वर्ष सम्म राख्न सकिन्छ र बैंकले बचत रकममा उच्चतम ब्याजदर दिने प्रतिबद्धता जनाएको छ। ग्राहकले Global Smart Plus मोबाइल एपमार्फतै बचत र व्यवस्थापन गर्न सक्नेछन्।

ग्लोबल आईएमई बैंकले Global Finance Best Bank Award 2024–2025 र Euromoney Award for Excellence 2024 बाट नेपालकै उत्कृष्ट बैंकको सम्मान पाएको छ। बैंकसँग देशभर ७७ जिल्लामा शाखा नेटवर्क, ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन र रेवेन्यु काउन्टर, साथै ३ विदेशी प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

यसका साथै बैंकले अमेरिका, यूके, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी, कतार, यूएई, बह्रेन, कुवेत, भारत, जोर्डन लगायत देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

यस योजनाले ग्राहकलाई नियमित बचत र लक्ष्य अनुसार वित्तीय योजना बनाउन सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *