नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट
काठमाडाैं, ९ कार्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रति तोला ११,६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुनको मूल्य २,४१,९०० रुपैयाँ प्रति तोला कायम भएको छ। यो गिरावट कार्तिक ३ गतेको २,५३,५०० रुपैयाँ प्रति तोलासँग तुलना गर्दा आएको हो। उक्त अवधिमा सार्वजनिक बिदा परेकाले नयाँ मूल्य तोकिएको थिएन।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको भाउ प्रति तोला २६५ रुपैयाँले घटेर ३,०१५ रुपैयाँ कायम भएको छ। गत कार्तिक ३ गते चाँदी ३,२८० रुपैयाँ प्रति तोलामा किनबेच भएको थियो।



