Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आज पाँचाै पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

आज पाँचाै पटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

काठमाडाैं, २८ असार । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचाै पटक विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ ।

सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x