सात वर्षे स्थिर ब्याजदरमा सिटिजन्स बैंकले ८.९९ प्रतिशतमा घर कर्जा दिने
काठमाडाैं, २ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ सात वर्षे अवधिको लागि घर कर्जा योजना ल्याएको छ ।
कम्पनीले सो अवधिका लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने कम्पनीको प्रचलित औसत मासिक आधार दरमा एक प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा कम्पनीका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले बताएका छन् ।
उक्त आकर्षक योजनामा सहभागी हुनका लागि नजिकको पायक पर्ने कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिने कम्पनीले बताएको छ ।यसघर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छूट छ । कम्पनीले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिंदै आएको बताएको छ । यसका साथै कम्पनीले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको कार्यालय भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।
कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तारित काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।