Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बढ्यो वैदेशिक लगानी प्रतिबद्धता,एक वर्षमा करिब ६२ अर्ब

बढ्यो वैदेशिक लगानी प्रतिबद्धता,एक वर्षमा करिब ६२ अर्ब

काठमाडाैं, २ साउन । गत आर्थिक वर्ष २०८० /८१ मा करिब ६२ अर्ब रूपैयाँ विदेशी लगानीका लागि प्रतिवद्धता आएको छ । एक वर्षको अवधिमा ६१ अर्ब ९० करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको हाे।

जेठमा २ अर्ब रुपैयाँ र असारमा ५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

गत वर्ष स्वचालित रुटमार्फत साना लगानीका लागि स्वीकृतमध्ये ६९ वटा पर्यटन व्यवसायका लागि कुल ८ अर्ब ८० करोड ६४ लाख रुपैयाँको स्वीकृति जारी गरिएको छ। स्वचालित रुटमार्फत गरिएको प्रतिबद्धतामध्ये ५० प्रतिशतभन्दा बढी रकम पर्यटन व्यवसायकै लागि छ।

यसैगरी यो रुटबाटै अन्य सेवामुलक ३५ वटा उद्योगका लागि ५ अर्ब ८८ करोड रूपैयाँ प्रत्यक्ष लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

एक वर्षमा स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४८ प्रतिशत, ३३ प्रतिशत सेवा क्षेत्र, ११ प्रतिशत उत्पादन क्षेत्र, ३ प्रतिशत सूचना तथा प्रविधि, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।

विभागका अनुसार आव २०७९/८० मा कुल ३३ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो। त्यसअघि आव २०७८/७९ मा भने ५४ अर्ब १५ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x