प्रतितोला १ लाख ५० हजार नजिक पुग्यो सुनको मूल्य
काठमाडाैं, २ साउन । बुधबार एकैदिन सुनकाे मूल्य प्रतिताेला २ हजार रूपैयाँले बढेकाे छ । आज सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेर नयाँ कीर्तिमान कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० र तेजावी सुन तोलामा १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ ।
हिजाे छापावाल सुन प्रतिताेला १ लाख ४७ हजार ८०० र तेजावी सुन तोलामा १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यता बुधबार चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।