Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

नेपाल इन्जिनियरिङ कलेज र सोटेनबीच विद्यार्थीहरुको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने सम्झौता

नेपाल इन्जिनियरिङ कलेज र सोटेनबीच विद्यार्थीहरुको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने सम्झौता

काठमाडौं, १० साउन । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) बीच विद्यार्थीहरुको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्नका लागि समझदारी कायम गरिएको छ ।

मंगलबार नेक सिपिएसमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गर्दै विभिन्न अनुसन्धान गतिविधिहरू, गोष्ठी, सम्मेलन र जर्नलहरूको आयोजना र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न सहकार्य गरिएको बताए ।

नेक र सोटेन बीचको सम्बन्धलाई बलियो बनाउँदै नेपालको यातायात क्षेत्रको विकास, सुधारका लागि सहकार्य गरिएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले बताए । समझदारी पत्रमा दुवै पक्षले संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमलाई व्यवस्थित गर्ने, यातायात क्षेत्रका विभिन्न पक्षसँग सम्बन्धित सेमिनार, कार्यशाला, तालिम र गोष्ठिहरु गर्ने भनिएको छ ।

‘यो समझदारीले दुवै पक्षको संस्थागत विकास, क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी छौं । साथै, कलेजका विद्यार्थीहरुलाई समेत विषयगत ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्नमा सहयोग पुग्नेछ ।’ नेकका कार्यवाहक प्रिन्सिपल भण्डारीले भने ।

समझदारी पत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, स्रोतहरू र विशेषज्ञताहरू साझेदारी गर्ने, रिपोर्टहरू प्रकाशित गर्ने र अनुसन्धानका निष्कर्षहरू व्यावहारिक रुपमा कार्यान्वयनमा जोड दिने, शिक्षाविद् र उद्योगबीचको सहकार्यलाई बढावा दिने, यातायातका सम्बन्धित कुनैपनि क्षेत्रमा नेकका विद्यार्थीहरूको सहभागितालाई प्राथमिकता दिने र त्यसका लागि प्रत्येक आर्थिक वर्षको लागि उपलब्ध स्रोतहरूको आधारमा संयुक्त रूपमा योजना बनाई कार्यान्वयन गरिने भनिएको छ ।

नेक र सोटेनको सहकार्यले राष्ट्र निर्माणको लागि प्राविधिक र व्यावसायिक क्षमता अभिबृद्धि गर्नुको साथै यातायात क्षेत्रको विकासमा समेत टेवा पुग्ने सोटेनका अध्यक्ष इन्जिनियर राजेन्द्रराज शर्माले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x