Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

दाेहाेराे अंकले घटेकाे बजारमा १६ अर्ब माथिकाे काराेबार

दाेहाेराे अंकले घटेकाे बजारमा १६ अर्ब माथिकाे काराेबार

काठमाडाैं, ९ साउन । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ । आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५ सय ३६ दशमलव ११ बिन्दुमा पुगेर बन्द भएको छ ।

आज नेप्से परिसूचक घटे पनि काराेबार रकम भने उत्साहजनक रूपमा बढेकाे छ । यस दिन कारोबार भएको बजारमा कुल ३ सय ११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख माथिको सेयर कारोबार भएको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख माथिको सेयर कारोबार भएको थियाे ।

आज कुल ४६ कम्पनीको सेयर मूल्य बढेको छने १९४ कम्पनीको मूल्य घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सबै उपसमुह बढेका छन् । यसदिन फाइनान्स, हाेटल तथा टुरिजम बाहेक सबै उपसूचकहरू घटेका छन् ।

घटेकाे बजारमा बोटलर्स नेपाल (तराई) लिमिटेड र एसियन हाइड्राेपावर सर्वाधिक १० प्रतिशतले बढेका छन् । 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x