Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

झन्डै दुई घण्टापछि पुनः सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं, ९ साउन । सौर्य एयरको विमान दुर्घटनापछि बन्द गरिएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । बन्द भएकाे झन्डै दुई घण्टापछि विमानस्थल सञ्चालनमा आएको हाे ।

दुर्घटना भएसँगै प्रभावित बनेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः शुरू गरिएकाे नागरीक उड्यान प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेकाे थियाे ।

चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x