एकैदिन तोलामा २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, १० साउन । बिहिबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बुधबार ताेलामा ११ सय रूपैयँाले बढेकाे सुनकाे मूल्य बिहिबार एकैदिन २४ सय रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४५ हजार र तेजावी सुनकाे मूल्य १ लाख ४४ हजार ३०० रूपैयाँ कायम भएकाे छ।
हिजाे छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४७ हजार ४०० र तेजावी सुनकाे मूल्य १ लाख ४६ हजार ७०० रूपैयाँ कायम भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५५ रुपैयाँले बढेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।