Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

शुक्रबार सार्वजनिक हुँदै मौद्रिक नीति, सम्पूर्ण तयारी पूरा

शुक्रबार सार्वजनिक हुँदै मौद्रिक नीति, सम्पूर्ण तयारी पूरा

काठमाडौं, १० साउन । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। मौद्रिक नीतिका लागि अन्य तयारी पुरा भएकाले मौद्रिक नीति भोलि सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए ।

गत साउन ४ गते आउने भनिएकाे माैद्रिक नीति प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा‍ युवराज खतिवडाले केही विषयमा हेरफेर गर्नुपर्ने बताएसँगै पछाडी धकेलिएकाे थियाे ।

पछिल्लाे समयअर्थमन्त्री विष्णुप्रसाद पौडेल नीजि क्षेत्रका समस्या सम्बाेधन गर्ने गरि मौद्रिक नीति आउने बताएका छन् भने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन्  ।

अर्थतन्त्र दबाबमा रहेकाबेला सार्वजनिक हुन लागेको मौद्रिक नीति प्रति निजी क्षेत्रदेखि सबै सरोकारवालाहरूले विशेष चासाेका साथ हेरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x