मौद्रिक नीतिः निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण
काठमाडाैं, ११ साउन । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाह वृद्धिदर साढे १२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति निजी क्षेत्र तर्फ जाने कर्जा वृद्धिदर १२.५ प्रतिशतसम्म रहने उल्लेख गरिएकाे छ ।
सरकारले बजेट मार्फत लिएकाे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने बै.कका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
‘आर्थिक वर्ष २०८१/८२ को लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ’ माैद्रक नीतिमा उल्लेख छ ।