चालु आर्थिक वर्षकाे मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं, ११ साउन ।चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै गत आवको तुलनामा लचिलो मौद्रिक नीति ल्याएको बताए ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ । यता व्यक्तिगत कर्जामा रहेको १५ करोडको सीमा भने यथावत राखेको छ ।
यस्तै राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ । नीतिगत दरलाई ५.५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ । बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएको छ । नीतिगत दरलाई ५।५ प्रतिशत विन्दुबाट ५ प्रतिशत कायम गरेको छ । बैंकदर समेत घटाएको छ । बैंकदर ७ प्रतिशतबाट ६।५ प्रतिशत कायम गरिएको छ ।ब्याजदरको कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३।० प्रतिशतको निक्षेप संकलन दरलाई यथाव राखिएको राष्ट्र बैंकले जनाएको छ ।