एक वर्षमा वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात
काठमाडौं, १३ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले भारततर्फ १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हाे ।
यता गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ ।शुख्खायाममा खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा उक्त विद्युत आयात गरेको हाे ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमलाई प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा बिक्री गरिरहेको छ ।
अघिल्लाे आर्थिक वर्ष २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो ।