Date

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

२६ सयकाे बिन्दुमाथि सेयर बजार, बैंकमा झुम्मिए लगानीकर्ता

२६ सयकाे बिन्दुमाथि सेयर बजार, बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, १३ साउन । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ४ दशमलव ४१ प्रतिशतले बढेकाे छ । आज नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेकाे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजारका लागि लचिलो व्यवस्था गरेसँगै बजारमा सकारात्मक उत्साह देखिएको हो ।पहिलो सर्किट लागेर खुलेको बजार १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको थियाे ।

आज सबैभन्दा बढी  लगानीकर्ता बैंकमा झुम्मिएका छन् । यसदिन बैंकिङ समूहको उपसूचक १४१.७६ अंक र विकास बैंक २४५.९२ अंकले बढेका छन् । यस्तै आज वित्त ३८.३८, होटल ३१.११, जलविद्युत २६.३२, जीवन बिमा ५१९.२७, उत्पादन तथा प्रशोधन १३४.७१, निर्जीबन बिमा ३४५.४६, अन्य ५९.८६, ट्रेडिङ ९९.३० अंकले बढेका छन्।

यता माइक्रोफाइनान्स समूहको उपसूचक १०.०६ अंकले घटेको छ ।

यसदिन ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको सेयर किनबेच भएको छ ।

आज एक दर्जन कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने गणपति लघुवित्तकाे सेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशतले घटेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *