Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच शैक्षिक कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच शैक्षिक कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता

काठमाडाैं, २३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय सम्झौता भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि आवश्यक सहज शैक्षिक कर्जा प्रवाह गर्ने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x