Date

शनि, कार्तिक १७, २०८१
Sat, November 2, 2024

नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले घट्यो

नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले घट्यो

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले  घटेको छ । गत आर्थिक वर्ष टेलिकमको खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्ष टेलिकमको खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष टेलिकमले १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँ कम नाफा कमाएकाे हो ।

यस्तै गत आर्थिक वर्ष नेपाल टेलिकमको कूल आय पनि घटेर ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र छ ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x