Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

शेयर बजारमा १ सय ११ अंकको पहिरो, साढे १८ अर्बको कारोबार

शेयर बजारमा १ सय ११ अंकको पहिरो, साढे १८ अर्बको कारोबार

काठमाडाैं, ११ भदौ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले घटेर २७ सयकाे बिन्दुमा झरेकाे छ । आज एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको हाे ।

दुई दिन लगातार  घटेकाे नेप्से २८०० विन्दुबाट ओर्लिएर २७८२.६० विन्दु कायम भएको हाे। यस दिन होटल तथा पर्यटन बाहेकका सबै उपसमूह घटेका छन् । सबबैभन्दा धेरै ४.९२ अंकले बैंकिङ समुह घटेकाे छ ।

बजार उच्च अङ्कले घटेको दिन आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x