आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ सम्पन्न
काठमाडाैं, १८ भदाै । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी एपिगा नेपाल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । भदौ १४ र १५ गते काठमाडौंको होटल ले हिमालय भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु(साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो।
आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आयोजक क्यान महासंघका अध्यक्ष रणाजीत कुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने बताए ।
प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीतिनिर्माण प्रक्रियामा युवाहरूको सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायहरूबारे प्रकाश पारिन् ।
कार्यक्रमका कीनोट स्पिकर ई(गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य(सचिव ई। दीपेश विष्टले डिजिटलाइजेशन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदान(प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।
त्यसैगरी, अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।
पहिलो दिनको दोस्रो सत्रमा इन्टरनेट गभर्नेन्सको परिचयबारे श्रीदीप रायमाझीले प्रस्तुति दिएका थिए, जसमा इन्टरनेट गभर्नेन्स भनेको के हो र प्रमुख सरोकारवालाहरू को को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको थियो । त्यसपछि, दीक्षा राउतले इन्टरनेट गभर्नेन्समा आफ्नो अनुभव र यात्रा सुनाउँदै युवाहरूले यस्ता फोरममा सक्रियतापूर्वक सहभागिता जनाउनुपर्नेमा जोड दिइन् ।