Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा हरियाली, ८ अर्बकाे काराेबार

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा हरियाली, ८ अर्बकाे काराेबार

काठमाडाैं, २७ भदाै । साताकाे अन्तिम काराेबार दिन सेयर बजार मापक नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेकाे छ । आज २.९९ प्रतिशतले बढेर २ हजार ६ सय ८८ दशमलव ३८ बिन्दुमा पुगेकाे छ ।

यसदिन ३१८ धिताेपत्रका १ कराेड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ कराेड ९२ लाख ७४ हजार ६१२ रूपैयाँमा किनबेच भएकाे छ ।

आज २२९ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १२ कम्पनीकाे घटेकाे छ । यस्तै ३ कम्पनीकाे स्थिर रहेकाे छ । आज म्युचिअल फण्ड बाहेक सबै उपसमुह बढेका छन् ।

आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन भेन्चर्स लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड र रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको सयर मूल्य १० प्रतिशतले बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x