Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा

नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा

काठमाडाैं, २७ भदाै । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेले जनाएको छ ।

योसँगै नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिट भर्चुअल बनेको कम्पनीको भनाइ छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ । यो क्रेडिट कार्डबाट १४ लाखभन्दा बढी फोनपे मर्चेन्टमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

यस्तै, मासिक खर्च ट्रयाक गर्न मिल्नेदेखि ४५ दिनसम्म ब्याजबिनाको क्रेडिट अवधि पाइने बैंकले जनाएको छ ।

सुरुआती चरणमा बिहीबारदेखि कार्ड प्रयोग गरेर कुनै पनि भुक्तानी गर्दा ५० प्रतिशत एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने योजना फोनपे तथा बैंकले ल्याएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x