Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

साढे १९ प्रतिशतले बढ्याे बैंकहरूकाे सेयर धितो कर्जा

साढे १९ प्रतिशतले बढ्याे बैंकहरूकाे सेयर धितो कर्जा

काठमाडाैं, ३ असाेज । चालू आर्थिक वर्षको साउनमा बैंक, वित्तीय संस्थाहरूले शेयर धितोमा ९१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।अघिल्लो आवको यसै अवधिको तुलनामा यो कर्जा १९ दशमलव ६६ प्रतिशतले बढी हो ।

२०८० साउनमा शेयर धितोमा बैंक, वित्तीय संस्थाको कर्जा ७६ अर्ब ४१ करोड रुपैयाँ थियो ।

यस अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। जसमा नबिल बैंकले सबैभन्दा बढी १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लिएको लचिलो नीति र शेयर बजार परिसूचक पनि सकारात्मक भएपछि सेयर धितो कर्जा बढेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *