Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

प्रमुख भन्सार वीरगञ्ज नाकाबाट घट्यो वैदेशिक व्यापार

प्रमुख भन्सार वीरगञ्ज नाकाबाट घट्यो वैदेशिक व्यापार

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो २ महीनामा वीरगञ्ज नाकाबाट हुने नेपालको वैदेशिक व्यापारमा ह्रास भएको छ । सो अवधिमा १ खर्ब ९५ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । गत आवको साउन र भदौमा सो नाकाबाट १ खर्ब ४ अर्ब ९८ करोडको व्यापार भएको आईसिपी भन्सार कार्यालयको तथ्यांक छ ।
वीरगञ्ज नाकाबाट चालु आवको २ महीनामा ९५ अर्ब ६८ करोडको वस्तु आयात हुँदा ५ अर्ब २६ करोडको मात्र निकासी भएको छ ।

सो अवधिमा भएको वैदेशिक व्यापारबाट भन्सार कार्यालयले २५ अर्ब ४० करोड राजस्व असुली गरेको छ । चालू आवको पहिलो दुई महिनामा कार्यालयलाई ३५ अर्ब ५७ करोड राजस्व संकलनको लक्ष्य दिइएको थिजयो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x