Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घट्यो

काठमाडौं, ७ असोज । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक ५९.०२ अंकले घटेर २,५२९.३३ विन्दुमा बन्द भएको छ ।

यस दिन ३२९ वटा धितोपत्रको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने ५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बजार घटेपनि काराबोर भने बढेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ९.०१ अंकले घटेर ४५४.४१ विन्दुमा बन्द भएको छ ।

यसअघि ३ हजार विन्दुभन्दा माथि पुगेको बजार केहि समययता अस्थिर हुँदै निरन्तर तल झरेर सोमबारसम्ममा २,५०० विन्दुको लाइनमा आएको छ । आइतबार बजार सम्हालिएर माथितिर जान खोजेता पनि बजारले पर्याप्त मात्रामा टेवा पाउन नसक्दा ओरालो यात्रा समातेको छ ।
यो दिन २२९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ । एक वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ । दिनभरको उताचढावका बीच शेयर बजार घटेर बन्द भएको छ ।

यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९.८४ प्रतिशतले बढेको छ । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.१२ प्रतिशतले बढेको छ । त्यसैगरी, सिभिल बैंकको ऋणपत्रको इकाई भने ५.८१ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x