Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

साउनमा घट्यो आन्तरिक कर्जा

साउनमा घट्यो आन्तरिक कर्जा

काठमाडौं, ११ असोज । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो कर्जा ७ दशमलव ७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३ दशमलव ८ प्रतिशतले घटेको थियो ।

वार्षिक बिन्दुगत आधारमा चालू आवको साउनमा यस्तो दाबी १२ दशमलव २ प्रतिशतले बढेको छ ।

चालू आवको साउनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी शून्य दशमलव ७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो दाबी शून्य दशमलव ३ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा चालू आवको साउनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x