Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

नेपालको जैव उर्जा विकासमा र प्रर्वद्धनमा सहयोग गर्ने भारतको कर्नाटका राज्यको इच्छा

नेपालको जैव उर्जा विकासमा र प्रर्वद्धनमा सहयोग गर्ने भारतको कर्नाटका राज्यको इच्छा

काठमाडाैं १७ असाेज । भारतको कर्नाटक राज्य जैव उर्जा विकास बोर्डका अध्यक्ष एस. ई. सुधीन्द्रले नेपालको भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय राजनितीक भेटवार्ता गरेका छन् ।

अध्यक्ष सुधीन्द्रले नेपालका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरी नेपालमा जैवीक उर्जाको सम्भावना , त्यसको विकास र प्रर्वद्धनका लागी कर्नाटक सरकार सहकार्य र सहयोगकालागी इच्छुक रहेको बताए ।

उपप्रधान मन्त्री सिंहले छलफलमा नेपालको जैविक क्षेत्रको सम्भावना, जैविक उर्जाका क्षेत्रको सफल कार्यन्वयन र प्रदेश सरकार , स्थानिय निकाय र सहकार्यको प्रस्तावलाई आफूले कार्यन्वयनतर्फ जोड दिने बताए ।

सुधीन्द्रले कर्नाटकमा मुख्यमन्त्री सिद्दरामैया र ग्रामीण विकास तथा पंचायत राज (च्म्एच्) मन्त्री प्रियंक खड्गेको नेतृत्वमा जैव उर्जा विकासलाई ठूलो प्राथमिकता दिइएको बताए।

उनले सिंहलाई कर्नाटकको भ्रमण गर्न निमन्त्रणा गर्दै, बेंगलुरुस्थित कृषि विज्ञान विश्वविद्यालय (न्प्ख्प्) मा रहेको उन्नत जैविक उर्जा अनुसन्धान तथा गुणस्तर परीक्षण प्रयोगशालाको भ्रमण गर्न आग्रह गरे । यो प्रयोगशाला भारतमा जैविक डिजेल परीक्षण गर्ने विशेष प्रयोगशालाको रूपमा परिचित छ ।

यस क्रममा,नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग छुट्टा–छुट्टै भेटवार्ताहरू गर्दै जैविक उर्जाको विकास , सांस्कृतिक तथा धार्मिक पर्यटन, क्षेत्रमा कर्नाटक सरकार संगको सम्भावनालाई प्राथमिकतामा राखियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x