Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

दुग्ध किसानको ६० करोड बक्यौता भुक्तान, अझै ३२ करोड बाँकी

दुग्ध किसानको ६० करोड बक्यौता भुक्तान, अझै ३२ करोड बाँकी

काठमाडाैं, २१ असाेज । दुग्ध विकास संस्थानले किसानहरुलाई ६० करोड रुपैयाँ बक्यौता भुक्तानी गरेको छ।

यस अघि सरकारले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिएको थियो । भदौ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्न दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको थियो।

अहिले भुक्तानी गरिएको रकम वैशाखसम्मको हो भने अझै ३२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *