Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र

सन नेपाल लाइफले पायो आईएसओ-आईईसी २७००१ः२०२२ प्रमाणपत्र

काठमाडौं, २ कार्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले (युनाईटेड किङगडम एक्स्रीडिटेसन सर्भिस) बाट मान्यता प्राप्त एमिटिभो लिमिटेड युकेबाट आईएसओ-आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधार आईएसओ÷आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो ।

यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ-आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो ।

नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी क्ष्क्इरक्ष्भ्ऋ द्दठण्ण्ज्ञ स् द्दण्द्दद्द को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।
यसबाट कम्पनीले आईएसओ-आईईसी २७००१ः२०२२ मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागिFirst line of Defense बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ ।

आईएसओ-आईईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x