Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

बजारमा लगानीकर्ताको सक्रियता घट्दै, १८ लाख ७९ हजार मेरो शेयर खाता निष्क्रिय

बजारमा लगानीकर्ताको सक्रियता घट्दै, १८ लाख ७९ हजार मेरो शेयर खाता निष्क्रिय

काठमाडौं, २ कार्तिक । धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको मेरो शेयर खाताको झन्डै १९ लाखओटा निष्क्रिय बनेका छन् ।

धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा रहेका छन् ।

कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय रहेकाे सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले बताए । याे वार्षिक रूपमा नवीकरण भएका खाताको संख्या हाे । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

यसबाट पछिल्लो समय बजारमा लगानीकर्ताको सक्रियता घटेको बुझ्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x