Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

सुनको मूल्यमा दिनदिनै रेकर्ड, आज प्रतितोला २ हजारले बढ्यो

सुनको मूल्यमा दिनदिनै रेकर्ड, आज प्रतितोला २ हजारले बढ्यो

काठमाडौं, २ कार्तिक । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । आज एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x