सुनको भाउमा लगातार रेकर्ड, तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँ पुग्यो
काठमाडाैं, ५ कार्तिक । नेपाली बजारमा सुनकाे मूल्यले साेमबार पुनः नयाँ किर्तिमान बनाएकाे छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरि ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।