Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

नेपालमा अफलाइन डिजिटल भुक्तानी उपयुक्त हुने राष्ट्र बैंक निष्कर्ष

नेपालमा अफलाइन डिजिटल भुक्तानी उपयुक्त हुने राष्ट्र बैंक निष्कर्ष

काठमाडौं, ४ कार्तिक । नेपाल राष्ट्र बैंकले इन्टरनेटविना नै मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गर्ने जनाएकाे छ। बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो।

वित्तीय समावेशीकरण एवं विद्युतीय भुक्तानीमा पहुँच अभिवृद्धि गर्न यूएसएसडीमा आधारित भुक्तानी महत्त्वपूर्ण हुने राष्ट्र बैंकको जोड छ । यस प्रणालीलाई आवश्यक पर्ने मुख्य प्राविधिक पूर्वाधार (यूएसएसडी गेटवे) दूरसञ्चार सेवा प्रदायकहरूको स्वामित्वमा रहने भएकाले उक्त प्रणालीको सहजीकरण, नियमन तथा सुपरिवेक्षणमा केन्द्रीय बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको नियामकीय व्यवस्थाबीच समन्वय हुनुपर्ने अध्ययन प्रतिवेदनमा भनिएको छ ।

‘दूरसञ्चार प्राधिकरणले मोबाइल नेटवर्क अपरेटरहरूलाई एउटै यूएसएसडी कोड लागू गर्न लगाई मोबाइलमार्फत वित्तीय सेवा उपलब्ध गराउन अनिवार्य गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यूएसएसडी गेटवेमा पहुँचका लागि प्राधिकरणले सबै सेवा प्रदायकलाई समान दस्तुर तोक्नुपर्नेछ र भुक्तानी सेवा अन्तरआबद्ध गर्न सबै सेवा प्रदायकलाई उचित प्राथमिकतामा राख्नुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थाको नियामकका रूपमा राष्ट्र बैंकले भने अनुमतिपत्र प्राप्त बैंक, भुक्तानी सेवा प्रदायकहरूलाई यूएसएसडीमा आधारित भुक्तानी सुविधाका लागि बाध्य पार्न नहुने तर वैकल्पिक भुक्तानी विधिका लागि अनुमति दिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x