Date

बिहि, कार्तिक ८, २०८१
Thu, October 24, 2024

चालु आर्थिक वर्षकाे ३ महिनामा आयात ४.१७ र निर्यात ६.११ प्रतिशतले घट्याे

चालु आर्थिक वर्षकाे ३ महिनामा आयात ४.१७ र निर्यात ६.११ प्रतिशतले घट्याे

काठमाडौं, ८ कार्तिक । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपालको आयात र निर्यात दुबै घटेकाे छ । भन्सार विभागकाे तथ्यांक अनुसार तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

गत वर्षकाे यस अवधिमा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियाे । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४ दशमलव १७ प्रतिशतले घटेकाे हाे ।

यस्तै चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।गएको वर्षको यसै अवधिमा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको हो ।

पछिल्लो तीन महिनाको नेपालको अरु देशसँगको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x