एनपीएलको एक्सक्लुसिभ टिकटिङ पार्टनर ’खल्ती’ले अनलाइन टिकट ग¥यो खुल्ला
काठमाडाैं, ११ मंसिर । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग’ एनपीएलको पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ ।
यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा सबै पक्षहरू विश्वस्त छन् ।
क्रिकेट प्रेमी फ्यानहरूको उत्साह चरम विन्दुमा छ भने उनीहरूले खल्ती एप मार्फत सजिलैसँग टिकट ‘क्याच’ गर्न सक्ने भएका छन्। केही क्लिकमै खल्तीबाट टिकट काटेर फ्यानहरू स्टेडियममै पुगी आफ्नो मन पर्ने टिमलाई हुटिङ गर्न, प्रत्येक चौका, छक्का र विकेटको मजा लिन साथै खेलको सप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष रूपमा नजिकैबाट अवलोकन गर्न सक्नेछन् ।
अनलाइन टिकटहरू अब खल्ती एपमा उपलब्ध छन् र क्रिकेट फ्यानहरूले खेलका टिकटहरू सजिलै लिन सक्नेछन्। पहिलो दिन, प्लेअफ र त्यसपछिका खेल हुने दिन बाहेक, प्रति दिन साधारण टिकटको मूल्य रु ३०० साथै भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ भने । प्लेअफ र त्यसपछिका खेलका लागि भने टिकट चाँडै उपलब्ध हुने खल्तीले जनाएको छ । फ्यानहरूले सबै खेलको एकमुस्ट – सिजन पास पनि लिई सक्नेछन्ः साधारणको मूल्य रु ४,४८० र भिआइपी टिकटको मूल्य रु ८,२४० ।
मंसिर १५ बाट त्ग् अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुन गइरहेको ल्एी मा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोली सहभागी छन् भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहनेछ।
क्यानका सचिव, नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भन्नुहुन्छः
एनपीएलमा टिकटिङ पार्टनरको रूपमा खल्तीलाई पाउँदा हामी निकै उत्साहित छौँ। नेपाल क्रिकेटलाई विश्व सामु बलियो देखाउने यो अवसरमा सम्पूर्ण फ्यानहरूले, ग्राउन्डमै आएर साथ र सपोर्ट गर्नुहुनेछ भन्ने आशा गर्दछौँ। मंसिरमा टियु ग्राउन्डमै भेटौँला।”
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खुसी व्यक्त गर्दै भन्नुभयोः
“खल्ती र एपीएलको यस नयाँ साझेदारी क्रिकेट प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो। डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र क्रिकेट प्रेमीहरूको चाडपर्व एपीएलको यस साझेदारीले सबै फ्यानहरूको क्रिकेट फेस्टिभलको यस अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी पनि क्रिकेट फ्यानको रूपमा अत्यन्त उत्साहित छौँ। हामी आशा गर्दछौँ सबैले बिना कुनै झन्झट, सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ । अब गुन्जिनेछ स्टेडियम, अब गुन्जिनेछ नेपाल।”
आइएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पु¥याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।
खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ। खल्ती एप www.khalti.com/app बाट डाउनलोड गर्न सकिने छ।