टेललकमको रिचार्ज कार्डहरूकाे आपूर्तिमा देखिएको समस्या समाधान
काठमाडाैं, १८ मंसिर । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भई पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भैसकेको व्यहोरा जानकारी गराउँदछौं ।
यसबाट ग्राहक महानभावहरुमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ । साथै केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजस्व कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको पाइएकोमा उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत कम्पनी स्पष्ट पार्दछ ।
रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकवर्गले रिचार्ज कार्डके विकल्पको रुपमा रहेका Mobile Point Of Sale (MPOS) र Namaste pay, eSewa, Khalti, IMEPay लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको हँदुा रिचार्ज कार्डको अभावकोे कारणले कम्पनीको व्यापार र राज्शवमा कुनै नकारात्मक प्रभाव नपेरेको व्यहोरा अनुरोध छ ।