Date

बुध, माघ २३, २०८१
Wed, February 5, 2025

भारतमा नेपालको व्यापार सहजीकरण बारे उच्चस्तरीय छलफल

भारतमा नेपालको व्यापार सहजीकरण बारे उच्चस्तरीय छलफल

काठमाडौं, २१ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतसँग नेपालको व्यापार सहजीकरणलगायतका विषयमा उच्चस्तरीय  भेटवार्ता गरेका छन् ।

भारत भ्रमणका रहेका मन्त्री भण्डारीले भारतका उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीसँगको भेटमा बुधबार साँझ नयाँ दिल्लीमा त्यस्तो छलफल गरेका हुन्।

भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेकाे बताइएकाे छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९ औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन मन्त्री भण्डारी त्यसतर्फ प्रस्थान गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x