Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

कार्तिक मसान्तसम्ममा झण्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात

कार्तिक मसान्तसम्ममा झण्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात

काठमाडौं, २१ मंसिर । चालु आर्थक वर्षको ४ महिनामामा झन्डै दुई अर्ब रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा एक अर्ब ९० करोड ११ लाख ३३ हजार रुपैयाँको १२ लाख ६ हजार २५० किलो अलैँची निर्यात भएको हो ।

जसमध्ये सबैभन्दा ठुलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा एक अर्ब ९० करोड दुई लाख ४१ हजार रुपैयाँको १२ लाख पाँच हजार ९०० किलो अलैँची निर्यात भएको छ ।

यसै गरी सात लाख २० हजार रुपैयाँको २४० किलो अलैँची फ्रान्समा र एक लाख ७३ हजार रुपैयाँको ११० किलो अलैँची अस्ट्रेलिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x