चालु खाता १ खर्ब ४३ अर्ब र शोधनान्तर स्थिति २ खर्ब ५ अर्बले बचतमा
काठमाडौं, २८ मंसिर । चालु आर्थिक वर्षको ४ महिनामा चालु खाता रु.१४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९७ अर्ब १० करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब६ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२ अर्ब ४७ करोड रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब ५९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह रु.३ अर्ब ६५ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमारु.१५० अर्ब २४ करोडलेशोधनान्तर स्थिति बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।