साेमबार ५१.३७ अंकले घटेकाे नेप्से २६ सय विन्दुमुनि,५ अर्बकाे काराेबार
काठमाडौं, १ पुस । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १.९१प्रतिशतले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६ सय ३० दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।
यस दिन १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख ४ हजारमा कारोबार भएको छ । गत बुधबार ३ सय ४ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएकोे थियो ।
आज कारोबार भएको बजारमा १५ कम्पनीको सेयर मुल्य बढेको छ भने २२७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यस्तै २ सेयरको मूल्य स्थिर रहेको छ।
यसदिन कुथेलि बुखेरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने जोशी हाइड्रोपावरको सेयर मुल्य ९.४० प्रतिशतले बढेको छ।
यसैगरि आज कुनैपनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन भने जानकी फाइनान्सको सेयर मुल्य ९.५८ प्रतिशतले घटेको छ ।
आज सबै समूहका उपसुचकहरु घटेका छन् ।