राष्ट्रिय च्याउ दिवसः नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार, कराेडाैं बढीकाे आयात

काठमाडाैं, १५ पुस । आज ‘राष्ट्रिय च्याउ दिवस’ । च्याउ उत्पादक किसानहरूको एकमात्र संगठित एवम् नेतृत्वदायी संस्था च्याउ उत्पादक किसान संघ नेपालले हरेक वर्षकाेपौष १५ गते ‘राष्ट्रिय च्याउ दिवस’ मनाउँदै आएकाे छ ।
संघले आज च्याउ किसानहरूको जागरुपता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ काठमाडौंकाे भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरेकाे छ ।
आज बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिएको छ । यस्तै मेलामा ४० वटा स्टलहरूमा च्याउसंग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी, च्याउका बिभिन्न परिकारहरू, गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी,च्याउ उत्पादनका लागि आवश्यक बस्तुहरूको प्रदर्शनी तथा विशेष संस्कृतिक कार्यक्रम गरिने छ ।
च्याउ उत्पादक किसान संघका अनुसार नेपालमा हाल गोभ्रे, कन्ये, सिताके, दुघे र राजा च्याउको ब्यवसायिक रुपमा खेति गरिदैं आएको छ । नेपालमा धेरै जातका च्याउहरू पाइए पनि यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमुल्य जातका च्याउहरूको उत्पादन र निर्यातको प्रयाप्त संभावना हुदाँहुदै पनि सरकारको यसतर्फ ध्यान पूग्न सकेको छैन ।
नेपालमा हाल च्याउ खेतिमा करिब ३५,००० किसानहरू आवद्ध भएका छन् । नेपाल भरको विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्बको हाराहारिमा रहेको छ । च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको छ । नेपालमा च्याउ भारतलगायत देशबाट बाट पनि आयात हुने गरेको छ ।
नेपालमा आर्थिक वर्ष २०७९/८० मा ९ कराेड ६१ लाख २० हजार रूपैयाँकाे गाेभ्रे ताजा च्याउ र ८ कराेड ६८ लाख ५० हजार रूपैयाँकाे गाेभ्रे च्याउ क्यानिङ आयात भएकाे छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा २ कराेड ७२ लाख ५८ हजार रूपैयाँकाे गाेभ्रे ताजा च्याउ र ७ कराेड ७५ लाख ५४ हजार रूपैयाँकाे गाेभ्रे च्याउ क्यानिङ आयात भएकाे छ ।
र आर्थिक वर्ष २०८१/८२ काे मंसिर सम्ममा ४ लाख २० हजार रूपैयाँ बराबरकाे गाेभ्रे ताजा च्याउ र १ कराेड ८७ लाख २६ हजार रूपैयाँ बराबरकाे ड्राइ च्याउ आयात भएकाे छ ।
नेपालमा च्याउको ईतिहास
नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदै आएको पाइन्छ । ब्यपसायिक रुपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाईन्छ । सव्रप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात् २०३०÷३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धि अध्ययन सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो । २०३४÷३५ सालबाट नै काठमाडौको बलम्बु, चापागाउ, दधिकोट हुंदै नेपालका बिभिन्न स्थानमा निरन्तर रुपमा च्याउखेती गरिदै आइएको छ ।
वर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको संख्या बृद्धि हुदै गएकाले यसको व्यावसायिक उत्पादन गर्ने किसानहरूको संख्या पनि दिनानुदिन बृद्धि हुदै गइहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यावसायिक रुपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।