बिश्व दुर्घटना न्यूनिकरण दिवश,प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्थाको साधारण सभा सम्पन्न
हरिश ढकाल । बुटवल, ३० कार्तिक । प्रतिमा बस्नेत स्मिृती सहयोगी संस्था बुटवलको पाँचौं साधारण सभा तथा छैठौं प्रतिमा स्मृती दिवश बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । समाजका बिभिन्न क्षेत्रमा योगदान पुराएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्ने तथा बिद्यार्थीहरुलाई छात्रबृत्ती र असहाय बृद्धबृद्धाहरुलाई आर्थिक सहयोग पुराउने उद्देश्यले स्थापित सो संस्थाको साधारण सभाका अवसरमा शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा प्राप्त गर्नबाट कुनैपनि बालबालिका बञ्चित नहुन भन्ने उद्देश्यका साथ बुटवलका बिभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार ३६ जना छात्र छात्राहरुलाई छात्रवृति प्रदान गरिएको थियो । यस्तै समाजका बिभिन्न क्षेत्रमा कृयाशिल रहि उत्कृष्ठ योगदान पुराए बापत बिभिन्न समाजसेवी महानुभावहरुलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोहि अवसरमा पत्रकारिता क्षेत्रबाट महिला तथा बालबालबालीका अधिकारका क्षेत्रमा योगदान पुराए बापत रेडियो मुक्तिका पत्रकार एवं स्टेशन म्यानेर कल्पना तिवारीलाई प्रतिमा बस्नेत महिला पत्रकारिता पुरस्कार २०७३ बाट सम्मान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसायटीका अध्यक्ष प्रेमलाल उदासले पुरस्कृत पत्रकार तिवारीलाई पुरस्कार राशी नगद रु. ५ हजार, दोसल्ला र प्रसंसा पत्र प्रदान गरेका थिए ।
संस्थाका अध्यक्ष तथा स्व.प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजसेवी तथा बुटवल नगरपालीकाका पुर्व उपप्रमुख बिमल बहादुर शाक्य, पुरस्कृत पत्रकार कल्पना तिवारी, संस्थाका महासचिव बिष्णु प्रधान, सचिव गौतमलाल शाक्य, महेन्द्र अर्याल, पदमराज ज्ञवाली लगाएतका बक्ताहरुले संस्थाले समाजिक क्षेत्रको बिकासमा पुराउको योगदानको चर्चा गरेका थिए ।
स्व. प्रतिमा बस्नेतका पिता अध्यक्ष नरेन्द्र बस्नेतले संस्थाको कार्यक्रम, उद्देश्य र महत्व माथि प्रकाश पारेका थिए भने सो कार्यक्रममा उमेर बृद्धबृद्धा भएपनि नागरिकता लगाएत समस्याका कारण बृद्धभत्ता पाउन बन्चित भएकाहरुलाई संस्थाबाट बृद्धभत्ता समेत उपलब्ध गराइएको थियो । सवारी दुर्घटनामा परि अल्पायु मै जिवन गुमाउन पुगेकी आफ्नी छोरीको स्मृतीमा स्थापना गरिएको सो संस्थाको आयोजनामा हालै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । संस्थाको सो कार्यक्रममा बिभिन्न ३० जना महानुभावले रक्तदान गरेको संस्थाका अध्यक्ष तथा प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतले बताए ।
कार्यक्रममा संस्थाले हरेक बर्ष समाजका बिभिन्न क्षेत्रमा अमुल्य योगदान पुराएका बुद्धिजिबी, समाजसेवीहरु, पत्रकारहरु आदिलाइ क्रमशः सम्मान गर्दै जाने संस्थाको उद्देश्य रहेको पनि संस्थाले जनाएको छ । साथै यस क्षेत्रका बिभिन्न ३ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्याथीलाई छात्रबृत्ती बितरण, अशक्त असहाय बृद्ध बृद्धाहरुलाई आर्थिक सहयोग प्रदान आदि कार्यक्रम पनि निरन्तर संचालन गरिने संस्थाले जनाएको छ ।