Date

बुध, माघ ३०, २०८१
Wed, February 12, 2025

१०.४१ अंकले घटेर २,६४३ बिन्दुमा झर्‍याे नेप्से परिसुचक

१०.४१ अंकले घटेर २,६४३ बिन्दुमा झर्‍याे नेप्से परिसुचक

 काठमाडाैं, १३ माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.४१ अंकले घटेकाे छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.३९ प्रतिशतले घटेर २ हजार ६ सय ४३ बिन्दुमा पुगेको छ ।

यस दिन १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख ७३ हजारमा कारोबार भएको छ । गत बिहिबार  १ करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ कराेडमा काराेबार भएको थियो ।

आज कारोबार भएको बजारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भन १२१ वटाको घटेको छ। यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।

यस दिन उपकार लघुवित्त बित्तीय संस्था र माथिलाे मैलुन खाेलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलाेपमाेन्ट बैंकको सेयर मुल्य ९.८८ प्रतिशतले बढेको छ ।

यस्तै बोटलर्स नेपाल, 11% NIC एशिया डेभेन्चर, डेल्टि पावर कम्पनि र जानकि फाइनान्सकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x