१०.४१ अंकले घटेर २,६४३ बिन्दुमा झर्याे नेप्से परिसुचक
![१०.४१ अंकले घटेर २,६४३ बिन्दुमा झर्याे नेप्से परिसुचक](https://arthakoartha.com/wp-content/uploads/2024/08/sharebazar.jpg)
काठमाडाैं, १३ माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.४१ अंकले घटेकाे छ। आज सेयर बजार मापक नेप्से परिसुचक ०.३९ प्रतिशतले घटेर २ हजार ६ सय ४३ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख ७३ हजारमा कारोबार भएको छ । गत बिहिबार १ करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ कराेडमा काराेबार भएको थियो ।
आज कारोबार भएको बजारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भन १२१ वटाको घटेको छ। यस्तै ६ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन उपकार लघुवित्त बित्तीय संस्था र माथिलाे मैलुन खाेलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलाेपमाेन्ट बैंकको सेयर मुल्य ९.८८ प्रतिशतले बढेको छ ।
यस्तै बोटलर्स नेपाल, 11% NIC एशिया डेभेन्चर, डेल्टि पावर कम्पनि र जानकि फाइनान्सकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।