अवैधरुपमा अमेरिकामा रहँदै आएका १ हजार ३६५ नेपाली निष्कासित हुँदै
![अवैधरुपमा अमेरिकामा रहँदै आएका १ हजार ३६५ नेपाली निष्कासित हुँदै](https://arthakoartha.com/wp-content/uploads/2025/01/Migrant-workers-waiting-outside-departure-terminal-at-Tribhuvan-International-Airport-Kathmandu-768x512-1.jpg)
काठमाडाैं, १६ माघ । ट्रम्प प्रशासनले अवैध आप्रवासनविरुद्ध कडा नीति अपनाउँदै अमेरिकाबाट १,३६५ जना नेपालीलाई निष्कासन गर्ने निर्णय गरेको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालसहित विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या निष्कासनको सूचीमा परेका छन् ।
अमेरिकामा राष्ट्रपति पदमा आएसँगै ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने अभियानलाई तीव्रता दिएका छन् । यसअघि नै ट्रम्पले अवैध आप्रवासनविरुद्ध कडा कानून बनाउने र अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए । उनले शपथ ग्रहणलगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
निष्कासन हुनेमा सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिक छन् । यसबाहेक चीन र भारतका नागरिक पनि उल्लेख्य संख्यामा निष्कासन हुने आशंका गरिएको छ।