नेप्सेमा ठूलो उछाल: २०२ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडाैं, २० माघ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ६९.८० अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक २.६२ प्रतिशतले बढेर २ हजार ७ सय २७ बिन्दुमा पुगेको छ ।
यस दिन २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजारमा कारोबार भएको छ । गत मंगलबार १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजारमा काराेबार भएको थियो ।
आज कारोबार भएको बजारमा २०२ कम्पनीको सेयर मुल्य बढेको छ भन ३७ वटाको घटेको छ। यस्तै ३ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन उन्नति सहकारी लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, अवियन लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त बित्तीय संस्था, भुगोल ऊर्जा विकास कम्पनी, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र NMB लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्था र न्यादि हाइड्राेपावरकाे सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छैन ।
आज सबै समूहका उपसुचकहरू बढेका छन् ।