नेप्से ११.६४ अंकले घट्याे, ९ अर्ब २४ करोडकाे काराेबार
काठमाडाैं, २४ माघ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ११.६४ अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसुचक ०.४२ प्रतिशतले घटेर २ हजार ६ सय ९९ बिन्दुमा पुगेको छ ।
यस दिन १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजारमा कारोबार भएको छ । बुधबार १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ८ अर्ब ९५ करोड ८० लाख ७ हजारमा कारोबार भएको थियो ।
आज कारोबार भएको बजारमा ७४ कम्पनीको सेयर मुल्य बढेको छ भन १६० वटाको घटेको छ । यस्तै ९ सेयरको मूल्य स्थिर रहेको छ ।
यस दिन माथिल्लो लोहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सकाे सेयर मुल्य ६.५१ प्रतिशतले बढेको छ ।
यस्तै आज उपकार लघुबित्त बित्तिय संस्था र कर्पोरेट विकास बैंक लिमिटेडकाे सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।
यस्तै आज फाइनान्स समूह बाहेक सबै समूहका उपसुचकहरू घटेका छन् ।