लगातार घट्दै सुनको भाउ, आज पनि तोलामा ७ सयले सस्तो
काठमाडाैं, १२ कार्तिक । नेपालको सुन बजारमा मूल्य घट्ने क्रम निरन्तर जारी छ। मंगलबार एकैदिन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार फेरि ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। यसअघि मंगलबार उक्त सुन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने आज बढेको छ। मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले बढेर २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ।



