राष्ट्र बैंक आज ४० अर्ब निक्षेप संकलन गर्दै, बढी तरलता नियन्त्रण लक्ष्य
काठमाडाैं, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज बुधवार थप ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले यो रकम १७५ दिनका लागि निक्षेप संकलन गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार, कात्तिक १२ गते (आज) मध्यान्ह ३ बजे बोलकबोल (auction) प्रणालीमार्फत सो रकम संकलन गरिनेछ। यो प्रक्रिया मार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि निक्षेप उठाइनेछ, जसले बजारमा थप रकम तान्न मद्दत गर्नेछ।
बोलकबोलमा सहभागी संस्थाले घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा रकम प्रस्ताव गर्न सक्नेछन्। जम्मा बोलकबोल रकम ४० अर्ब रुपैयाँ नाघ्ने अवस्था आएमा राष्ट्र बैंकले आवश्यक्ताअनुसार छनोट गर्नेछ।
संकलित निक्षेपको सावाँ र ब्याज भुक्तानी आगामी २०८३ कात्तिक १२ गते तोकिएको छ। ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निर्धारण हुनेछ।



