Date

शुक्र, माघ २५, २०८१
Fri, February 7, 2025

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा बढोत्तरी

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा बढोत्तरी

काठमाडाैं, २५ माघ । शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ । बिहिबार प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको यसदिन प्रतितोला ४ सय रूपैयाँ घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ मा कारोबार भइरहेको छ । बिहिबार प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x